कांग्रेसको केन्द्रीय समिति र एमालेको स्थायी कमिटीको बैठक बस्दै

२४ मंसिर २०६९, आईतवार ११:३९ मा प्रकाशित

काठमाडौ, २४ मंसिर । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको र एमाले स्थायी कमिटीको बैठक आज दिँउसो बस्दै छ । दुबै पार्टीको बैठक आ–आफ्नो पार्टी कार्यालयमा बस्ने छ ।

पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेस केन्दीय समितिको बैठकमा पार्टीले सहमतिको सरकार गठनका लागि सभापति सुशील कोइरालाको नाम अघि सारिएपनि सहमति नजुटेकाले त्यस विषयमा थप छलफल हुनेछ ।
सहमतिय सरकार गठनका विषयमा पार्टीको रणनीति, दलीय छलफलमा राख्ने एजेण्डाका विषयमा पनि छलफल हुनेछ । त्यस्तै भ्रातृसस्थाको विधानअनुमोदनका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
नेपाल तरुण दल र महिला संघले तयार गरेको विधान अनुमोदनका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता दिलेन्द्रप्रसाद वडूले जानकारी दिए। यसअघि दुई वटै भ्रातृसस्थाले विधान संसोधन गरी पार्टीमा पठाएका थिए ।
एजेण्डामा पार्टीको आन्तरिक विषय तय गरिएपनि अहिलेका राजनीतिक संकट, सरकार गठनका विषयमा पनि छलफल हुने प्रवक्ता वडूले जानकारी दिए ।
यसैगरी एमाले पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा बैठकमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र सहमतीय सरकार गठनका विषयमा छलफल हुनेछ । एमाले सचिव युवराज ज्ञवालीले छलफल केन्द्रीय कमिटीको बैठकको तयारीका लागि भएपनि राजनीतिक विषयले छलफलमा प्राथिमिकता पाउने बताए । एकीकृत नेकपा माओवादीले नेपाली काङ्ग्रेसको नेतृत्वका सरकार गठन हुन नसक्ने बताएपछि त्यसको विकल्पका पनि छलफल हुन सक्ने ज्ञवालीले जानकारी दिए । बैठकमा पार्टी सुदृढिकरण, सरकार गठनका विषयमा नेताहरुबाट आएका फरक फरक धारणाका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार