अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

३ जेष्ठ २०७९, मंगलवार १५:०७ मा प्रकाशित

काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् ।

उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरू दलाइ लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउने छिन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन’ उनको भ्रमण हुन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उनले नेपाल भ्रमणबारे अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग कुराकानी गरेकी छन् । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

आजको प्रमुख समाचार