नेताहरुकै कारण नेपालमा भ्रष्टाचार बढेको प्रधानमन्त्रीको भनाई

२४ मंसिर २०६९, आईतवार ११:२९ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न राजनीतिक दलका नेताहरुकै कारण मुलुकमा भ्रष्टातार बढेको बताएका छन् । प्रधानमन्त्रीको भनाई थियो, ‘राज्य र राजनीतिक दलका उच्च तहका व्यक्तिकै संलग्नताका कारण मुलुकमा भ्रष्टाचार बढिरहेको बढिरहेको छ ।’
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भ्रष्टाचारको नियन्त्रण हुन नसक्नुमा राजनीतिक दल र राज्यका उच्च तहका अधिकारीहरुको संलग्नता मुख्य कारण रहेको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय स्तरमा पनि मुलुक दिनानुदिन बद्नाम हुदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो अनुभवले भ्रष्टाचार हटाउने भन्दापनि भ्रष्टाचारीले नै हटाउलान् भन्ने डर बढेको बताए ।
भ्रष्टाचारको न्युनिकरणका लागि नीति नियम कडाइका साथ लागू गर्नुपर्ने र भ्रष्टाचार न्युनिकरणका क्षेत्रमा सक्रिय निकायहरुलाई बलियो बनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा