प्रहरीद्वारा चरेस ओसारपसारमा संलग्न महिला सार्वजनिक

२४ मंसिर २०६९, आईतवार ११:२२ मा प्रकाशित

प्युठान, २४ मंसिर । अवैधरूपमा चरेस ओसारपसारमा संलग्न एक महिलालाई प्युठान प्रहरीले सार्वजनिक गरेको छ । चरेससहित पक्राउ परेकी कपिलवस्तु शिवगढी गाविस–३, की कुश्मा जिएमलाई जिल्ला प्रहरी कार्यालय प्युठानले सार्वजनिक गरेको हो ।
ना२ख १५९८ नं को बसमा सवार रही रोल्पाको सुलीचौरबाट दाङ घोराहीका लागि जाँदै गर्दा प्रहरीले भिंगृ बजारमा उनलाई पक्राउ गरेको हो । चरेस ओसारपसारमा प्रहरीले पक्राउ गरेको यो घटना जिल्लामै पहिलो हो । इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक कृष्णबहादुर कार्कीको नेतृत्वमा शुक्रबार दिउँसो खटिएको प्रहरी टोलीले बसमा सवार यात्रुको तलाशी लिने क्रममा तीन किलो १८ ग्राम चरेससहित जिएमलाई पक्राउ गरेको थियो ।
ती महिलाले अरू कसैले रोल्पाबाट लिएर आउन भने मुताबिक चरेस बोकी आएको भनी दिएको बयानको आधारमा प्रहरीले उनी यसभन्दा अघि पनि यो धन्दामा संलग्न रहेको आशङ्का गरेको छ । चरेसको धन्दा गर्ने गिरोहलाई समात्न प्युठानसहित छिमेकी जिल्ला रोल्पा र बागलुङका जिल्ला प्रशासन र जिल्ला प्रहरीसँग समन्वय भइरहेको प्रहरी निरीक्षक मित्रबन्धु शर्माले बताए ।
उनका अनुसार बागलुङ र रोल्पा जिल्लामा सक्रिय गिरोहले ठूलाबेसी, मच्छि, बाग्दुला हुँदै दाङ लैजाने र रोल्पाबाट भिंगृ, चकचके, बड्डाँडा, बाङ्गेशाल, भालुवाङ हुँदै कपिलवस्तु लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।