भेटवार्ता सम्वन्धी आचारसंहिता जारी गर्दै परराष्ट्र मन्त्रालय

२४ मंसिर २०६९, आईतवार ११:१९ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । कुटनीतिक मर्यादा विपरित विभिन्न देशका राजदूत तथा नेताहरुले मनलाग्दी भेटवार्ता गर्न थालेपछि परराष्ट्रमन्त्रालयले तत्कालै आचार संहिता जारी गर्ने तयारी गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको निर्देशनमा कुटनीतिक भेटवार्तालाई व्यवस्थित गर्नका लागि मन्त्रालयले आचार संहिता बनाउने कामलाई अन्तिम चरणमा पुराएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार केहीदिन भित्रै आचार संहितालाई मन्त्रीपरिषदमा लैजाने तयारी परराष्ट्रले गरेको छ । पछिल्लो पटक भारतीय काँग्रेस आईका नेता करण सिंहले राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शिर्ष नेतालाई भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री श्रेष्ठले सार्वजनिक रुपमै असन्तुष्टि जनाउनु भएको थियो ।
कुनैपनि कुटनीतिज्ञ तथा विदेशी नेताले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटवार्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा भने अधिकाँस भेटवार्ता गोप्य हुन थालेपछि परराष्ट्रले त्यसलाई व्यवस्थित गर्न खोजेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार