पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

२८ बैशाख २०७९, बुधबार १४:४८ मा प्रकाशित

न्युयोर्क–अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।

रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उनले बताए ।

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा लाखाौँ युक्रेनी विस्थापित भएका छन् । यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले रुसी हमलामा अहिलेसम्म  ३ हजार १५३ जनाको मृत्यु भएको  जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार