८३ दल भएको मुलुकमा ४ दलले मात्रै सहमति गरेर हुदैन: प्रवक्ता भुसाल

२४ मंसिर २०६९, आईतवार ११:०५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ मंसिर । ड्यास माओवादीका प्रवत्ता पम्फा भुसालले अहिलेको नेतृत्व र दलहरु रहेसम्म जतिपटक संविधान सभाको चुनाव गराएपनि संविधान नलेखिने बताउनु भएको छ । नेकपा–माओवादी अर्घाखाँचीका पहिलो जिल्ला सम्मेलनको सदरमुकाम सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले विवाद समाधान उपसमितिका नाममा संविधान सभालाई आफ्नो गन्तव्यमा जान नदिई बन्दक बनाउने र मध्यरातमा संविधान सभाको अवसान गराउने असफल तिन दलको नेतृत्व हावि रहेसम्म कहिल्यै संविधान नलेखिने बताउनु भयो । भुसालले प्रधानमन्त्री भट्राई,एमाओवादी अध्यक्ष प्रचण्ड,नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाका कारण संविधान सभाको विघटन भएको जिकिर गर्दै तिनै दलहरुले पर्नु संविधान सभाको निर्वाचनको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो । राष्ट्पति यादवले असफल दलहरुलाई सहमतिको प्रधानमन्त्री तय गर्न समय निधार्र ण गर्नु गलत भएको दावी गदै दोश्रो् पटक थपिएको समय अवधिमा पनि दलहरुले सहमतिका प्रधानमन्त्री दिन नसक्ने उहाँको भनाई छ । ८३ दल भएको मुलुकमा ४ दललाई मात्रै सहमतिको प्रधानमन्त्री ल्याउ भन्नुनै राष्ट्पतिको गम्भिर भूल भएको भन्द उहाँले अगाडी भन्नु भयो – विघठित संविधान सभामा ९१ सिट रहेका आफ्नो पार्टीको सहमति विना गरिने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई मान्य हुने छैन् । बर्तमान सरकारका कारण ईतिहासमै मुलुकको राष्ट्यिता गम्भिर संकटमा परेको बताउदै भुसालले राष्ट्यि स्वाधिनताका लागि सुरुड्ड युद्ध लड्छौ भन्नेहरुलेनै राष्ट्प्रति गद्यारी गरेको आरोप लगाउनुभयो । पार्टीको माहाधिवेशन पछि राष्ट्यि स्वाधिनताको पक्षमा आन्दोलन गर्ने चेतावनी दिदैँ उहाँले भन्नुभयो, ‘जनताको शान्तिपूर्ण आन्दोलन रोक्ने कसैले दुषसाहास गरे त्यसको परिणाम गम्भिर हुने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार