सरकार विस्तार गर्ने गठवन्धनको दलको निर्णय

२३ मंसिर २०६९, शनिबार १९:२५ मा प्रकाशित

काठमाडौ, २३ मंसिर । सहमतिय सरकार निर्माणका लागि राष्ट्रिपति डा. रामवरण यादवले तोस्रो पटक दिएको समय सिमा भित्र पनि दलहरुबीच सहमति हुन नसके सरकार विस्तार गर्ने सत्ता गठवन्धत दललहरुले निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको एमाओवादी सहित सत्ता गठवन्धन दलाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सहमतिका लागि सरकारले अधिकतम लचकता अपनाउने निर्णय गर्दै तोकिएको समयमा पनि सहमति हुन नसके मन्त्री मण्डल विस्तार गर्ने निर्णय गरेको गठवन्धनका प्रवक्ता प्रेम बहादुर सिंहले बताए । उनले भने, ‘सरकारल यहि हालतमा चल्न नसक्ने भएकाले पनि गठन्वन्धले सरकार विस्तार गरी चुनावी अभियानमा लाग्ने निर्णय गरेको हो ।’
राजनीतिक दलबी सहमतिको वातावरण बन्ने सम्भावन नदेखिएकाले वर्तमान सरकारलाई नै पुर्णता दिनुको विकल्पन नदेखिएको प्रवक्ता सिहको भनाई थियो । उनले भने, ‘बैठकले राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिंदै सम्बद्ध सवै पक्षसँग सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय गरेको छ ।’ उनले थपे, ‘राष्ट्रपतिले दिएको मंसिर २७ गतेसम्म सहमति नभए वर्तमान सरकार विस्तार गरी आगामी वैशाखमा चुनावका लागि तयारी गर्ने,’ बैठकले आफ्नो निर्णयमा लेखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार