नमराज पाण्डेको दावी : लोकप्रिय मतका साथ जित्छु

२७ बैशाख २०७९, मंगलवार १६:२० मा प्रकाशित

नुवाकोट । स्थानिय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा चुनावी रौनक छाएको छ ।

निर्वाचन आउँन मात्र ३ दिन बाँकी रहँदा बेलकोटगढी वडा नम्बर १३ धेरै चर्चाको विषय बनेको छ । वडामा नेपाली काग्रेसको तर्फबाट उम्मेद्धवार बनेका नमराज पाण्डेको कारण यो वडा चर्चाको शिखरमा छ ।

वडा अध्यक्ष पदका उम्मेदवार नमराज पाण्डेको वडामा दवदवा देखिएको छ ।निर्वाचनकै मुखमा पाण्डेको जित्ने प्रवल संभावना देखिएको हो । समाजसेवी पाण्डेले समाजको विकास र समृद्धिका लागि विगतदेखि नै काम गरेकोले उनी जनताको भरोसाको रुपमा देखा परेका छन ।

वडाको सुशासन कायम गर्न, वडाको बिकाश, भ्रस्टाचार निर्मुल गर्न , खानेपानी , सडक , रोजगार जस्ता विकासप्रेमी काम गर्दै आएका पाण्डे चर्चाको केन्द्रमा छन ।पाण्डेको उम्मेदवार लाई जनताले मन पराएको हुदा लोकप्रिय मतले जित्ने उनको दावी छ ।

वडा नम्बर १३ मा एमालेको तर्फबाट वडाध्यक्षमा पशुपति लोहनी र मावोबादी बाट धनबहादुर लामाले उम्मेद्धवारी दिएका छन् ।गठबन्धन दलको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरमा जगत लामा र उप मेयरमा शिब दाहाल ले उमेदवार दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही