‘हाजिक गर्न कार्यालय जानु नपर्ने रहेछ’

२३ मंसिर २०६९, शनिबार १६:४४ मा प्रकाशित

ओखलढुङगा, २३ मंसिर । घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत उजीरबहादुर कार्कीलाई हाजिक गर्न कार्यालय जानु नपरेका देखिएको छ । कार्यालय नगए पनि उनको हाजिर कपिमा कार्यालय आएको र हाजिर गरेको पाइए पछि हाजिक गर्न कार्यालय जानु नपर्ने देखिएको हो ।
राष्ट्रिय समाचार समितिको बुलेटिनका अनुसार दसै बिदामा आसोज २९ गते उदयपुर घर गएपछि हालसम्म कार्यालय नआएका कार्कीको हाजिरी कापीमा मंसिर १३ गतेसम्म हाजिर गरिएको र १४ गते देखि २० गतेसम्म केत्तुके गएको काज बिदा लेखिएको छ । कार्कीले बिदा नलेखी उदयपुर घर बसेरै कार्यलयकै कर्मचारीको मिलोमतोमा हाजिर गरेको हुनसक्ने कार्यालयकै केही कर्मचारी बताउाछन् । क्षेत्रीय प्रशासक जनार्दन नेपाल ओखलढुङगाको भ्रमण्ँमा आएको समयमा बिहीबार कार्यालय प्रमुखहµसागको बैठकमा उनको विषयमा कुरा उठेपछि यस्तो खुलासा भएको हो ।
उनी कार्यालय नआए पनि हाजिर भने गरेको पाइएएको निमित्त कार्यालय प्रमुख माधव अधिकारीले जानकारी दिए । कार्यालयका खरिदार अमलेशकुमार सिंह मङसिर १३ गते नै काजमा गएका र १३ गतेसम्म नै कार्यालय प्रमुखको हाजिर देखिएकाले सिंहले नै हाजिर गराएको हुनसक्ने अधिकारीले बताए ।
प्रमलाई निमित्त दिएर गएपछि कार्की अहिलेसम्म फकिर्एका छैनन्, तर हाजिर भने गरेको पाइयो, मैले यो विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी दिएको छु,’ अधिकारीले भने । घर बसेर हाजिर गरेको भन्ने विषयमा उद्योग अधिकृत कार्कीले भने आफू १३ गतेसम्म हाजिर भएको र १४ गतेदेखि काजमा फिल्डमा गएको दाबी गरे । उनले कर्मचारी माधव अधिकारीले आ ? नोविरुद्धमा अनावश्यक कुरा चलाएको आरोप लगाए ।
सहायक प्रमुख जिल्ला अधिकारी सुबोधकुमार शाहले कार्की कार्यालयमा आएपछि यस विषयमा छानबिन गर्ने र घटना सत्य भए कारबाही गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्