‘अब कडा आन्दोलन गरिन्छ’

२३ मंसिर २०६९, शनिबार १६:३३ मा प्रकाशित

विराटनगर, २३ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कडा अन्दोलन गर्ने बताएका छन् । उनले सत्तासीन दलहरु सहमतिका लागि तयार नरहेकाले आन्दोलनबाटै राजनीति निकास निकाल्ने चेतावनी समेत दिएका छन् ।
सहमतिका लागि राष्ट्रपतिले तेस्रो पटक थपेको म्यादमा पनि राजनीति निकास निस्कने सम्भावना नरहेको उनको भनाइ थियो । एकीकृत माओवादी र उनको गठबन्धनका रहेका सत्तासीन दलहरु सहमति चाहेकै छैन आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै भने, ‘सहमति नरुचाएकाले आन्दोलनबाटै वर्तमान सरकारलाई हटाइनेछ ।’ उनले एकीकृत माओवादीको व्यवहार र बोली सहमति जुटाउने खालको नरहेको समेत आरोप लगाए ।
खनालले दलहरुबीच सहमति नभएसम्म राष्ट्रपतिले कुनै प्रकारको अध्यादेश पारित गर्न नहुने सुझाव दिए । एमालेको धनकुटा जिल्ला अधिवेशनका लागि खनाल पूर्व आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार