कुशल र किशोरको उत्कृष्ट प्रदर्शनमा नेपालले जित्यो जिम्बावे ‘ए’विरुद्धको सिरिज

२६ बैशाख २०७९, सोमबार १७:५६ मा प्रकाशित

काठमाडौं । युवा ब्याटर कुशल भुर्तेल र पहिलोपटक सिनियर टोलीबाट खेलेका बलर किशोर महत्तोको उत्कृष्ट प्रदर्शन मा नेपालले जिम्बावे ‘ए’विरुद्धको एकदिवसिय सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जितेको हो ।

जिम्बावे ‘ए’ले दिएको २१४ रनको मध्यम लक्ष्य नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि ओपनर भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ६१ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ८४ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पारी खेल्दै ६० रनमा अविजित रहँदा रन विनोद भण्डारीले २८ रन जोडे।

त्यस्तै, अर्का ओपनर आसिश शेखले २९ रन बनाउँदा सुनिल धमला भने ६ रनमै आउट भए । यस्तै, रोहित पौडेल भने डक आउट भए ।

जिम्बावे ‘ए’का लागि ब्रान्डन मावुताले तीन विकेट लिए । ब्राड इभान्सको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावे ‘ए’ले ३२.१ ओभरमा १० विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

जिम्बावे एका लागि ओपनर तडिवानासे मरुमणिले अर्धशतकिय पारी खेले । उनले ५० रनको योगदान गरे ।अर्का ओपनर इनोसेन्ट कैया १२ रनमै आउट भए । कुडजाइ मौन्जेले ३९ रन, जोनाथन क्याम्पबेलले ३ रन, केफास झुवाओले १६ रन, रोय काइयाले ३६ रन, टोनी मुन्योंगाले २० रन, ब्राड इभान्सले ७ रन, लुक जोंगवेले १९ रन, ब्रान्डन मावुताले ६ रन जोडे ।

नेपालका लागि किशोर महत्तोले एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । ३३ ओभरमा घटाइएको अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो । गएराति वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेल ओभर घटाइएको थियो ।

यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा टेष्ट राष्ट्र जिम्बावेका अधिकांश खेलाडी समेटिएका ‘ए’ टोलीसँग अभ्यास गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा

काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा

काठमाडौं । विवादको समस्या पहिचान र सिफारिस कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।