‘एमाओवादीले सरकार नछा्नु नै बुद्धिमानी’

२३ मंसिर २०६९, शनिबार १६:०६ मा प्रकाशित

काठमाडौ, २३ मंसिर । एकीकृत नेकपा माओवादीले तत्काल सरकारको नेतृत्व नछाड्नु नै बुद्धिमानी हुने तर्क अघि सारेको छ । उसले संविधानका अन्तरबस्तुमा सहमति नभएसम्म सरकार नछोड्ने पनि स्पष्ट पारेको छ ।
पार्टी मुख्यलय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा आज बोल्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘यहि अवस्थामा सरकार छोड्दा देशमा झनै समस्या आउँछ, त्यसैले सरकार छाड्नु हुदैन ।’
चार वर्षसम्म संविधान सभाले गरेका सबै कामलाई आउने संविधान सभाले गर्छ भन्नु सबै कुरालाई शून्यतामा झार्ने काम भन्दै कांग्रेस एमालेको यो अडान मानेर सबै उपलब्धी उल्ट्याउने पक्षमा आफूहरु नरहेको सापकोटाको भनाई थियो ।
प्रवक्ता सापकोटाले माओवादीको अडान अहिले पनि बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउनु रहेको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार