यथास्थितिमा सत्ता नछाड्ने पुनको कथन

२३ मंसिर २०६९, शनिबार १६:०२ मा प्रकाशित

रुकुम, २३ मंसिर । अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच संविधानका विवादित विषयमा प्याकेजमै सहमति नभएसम्म सत्ता नछाड्ने स्पष्ट पारेका छन् । उनले संविधानमा मिल्न वाँकी विषयमा सहमति भए मात्र कांग्रेस नेतृत्वमा सहमतीय सरकार वन्न सक्ने भन्दै थपे, ‘यथास्थितिमा सत्ता छाड्दैनौं, ।’
रुकुमको झल्नेटा–नुवाकोट १७ किलोमिटर लामो सडक खण्डको आज उद्घाटन गर्दै अर्थमन्त्री पुनले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने विषयमा छलफल भइरहेको उल्लेख गरे । जनताको एजेण्डा पुरा नगरी २०४७ सालको संविधान जारी गर्न सरकारले सजिलै सत्ता हस्तान्तरण नगर्ने उनको भनाई थियो । ‘पुरानै संविधानका लागि सत्ता अरुलाई दिन सकिँदैन,’ उनले भने, ‘कांग्रेस, एमालेले विगतमा भएका सहमति अनुसार जान चाहेकै छैनन् ।’
अहिले अग्रगामी परिवर्तन चाहने र यथास्थिति चाहने शक्तिहरुका बीच ठूलो संघर्ष भइरहेको अर्थमन्त्री पुनले बताए । उनले भने, ‘कुनै पनि हालतमा देशलाई यथास्थितिवादीहरुको हातमा सुम्पन सकिँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार