अमेरिकी सहायक विदेशमन्त्री डा अलिसा आयर्स पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

११ चैत्र २०६८, शनिबार २०:५० मा प्रकाशित

काठमाडौ, ११ चैत । जारी शान्ति प्रक्रिया तथा संविधान लेखनको अवस्थाबारे जानकारी लिन अमेरिकी सहायक विदेशमन्त्री डा अलिसा आयर्स पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ ।

दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डा अलिसा आयर्स पाँच दिने औपचारिक भ्रमणमा भोलि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान एवम् परराष्ट्र मन्त्रीका साथै प्रमुख दलका शीर्ष नेता, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा नागरिक समाजका अगुवाहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी राजदूतावासका प्रवक्ता टेरी हृवाइटले सहायक विदेशमन्त्री आयर्सको भ्रमणको पुष्टि गर्दै भेटवार्ताका कार्यक्रमको स्पष्ट जानकारी आफूलाई नभएको बताउनुभयो ।

दुईवर्षअघि उक्त पद सम्हालेकी आयर्सले विदेश मन्त्रालयमा नेपालका साथै भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्द्विभ्स मामिला हेर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ