थप १५ जनामा कोरोना पुष्टि, १७ जना निको

२३ बैशाख २०७९, शुक्रबार १६:२१ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १५ र एन्टीजेनबाट ० संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २४५० पिसिआर र १००३ नमुना एन्टीजेन परिक्षण गरि कुल ३ हजार ४५३ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१५ रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही