दलहरुको अडानले सहमति हुन सकेन : प्रधानमन्त्री

२३ मंसिर २०६९, शनिबार १२:३५ मा प्रकाशित

नेपालगन्ज,२३ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतीय सकारको गठन प्रकृया राजनीतिक दलहरुकै भूमिकामा निर्भर रहने स्पष्ट पारेका छन् ।
नेपालगन्ज बिमान स्थलमा आज बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने, ‘सहमतिय सरकार बनाउने नबनाउने भन्ने कूरा राजनीतिक दलका हातमा छ ।’ उनले थपे दलका नेताहरुले चाहे सहमतिको सरकार कुनै पनि बेला बन्न सक्छ ।
दलहरुकै एकोहोरो अडानका कारण सहमतिय सरकार बन्न नसकेको प्रधानमन्त्रीको भनाई थियो । उनले भने, ‘पुष महिनाको मध्य सम्ममा सहमतीय सरकार गठन नभए बैशाखामा संविधान सभाको निर्वाचन हुन सक्दैन त्यसैले यसबारेमा पनि दलका नेताहरुले सोचनु जरुरी छ । उनले बैशाखमा पनि चुनवा हुन नसके प्राप्त सबै उपलब्धी समेत गुम्ने चिन्ता व्यक्त गरे ।
सहमतिका लागि सरकार निकै लचिलो भएर सबै राजनीतिक दलहरुलाई समेटने उनको दावी थियो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री भट्टराईले कांग्रेस सभापित शुशिल कोईराला हुन सक्ने संभावना समेत औल्याए ।
ुसंभावना त सबैको छ । कांग्रेसले कोईरालाई अघि सारेको छ । हामीबाट अलग हुनु भएका माओवादीले रामबहादुर थापालाई अघि सार्नु भएको छ । अरु दलहरुले पनि अघि सार्न सक्छन्,ु प्रधानमन्त्री भट्टराईले भने, ‘तर टुङगो भनेको त राजनीतिकदलहरुले सहमतिमै गर्ने हो ।’
सहमतिका लागि खास गरी एमाले काँग्रेस लगायतका विपक्षीहरु बाधक भएको उनको आरोप थियो । सहमति अडकेको निर्वाचन गर्ने कि नगर्ने भन्ने कुराले हो । आफनो अनकूल निर्वाचन हुन्छ की हुँदैन भन्ने कुराले होु प्रधानमन्त्री भटराईले भने,ु तर राजनीतिक दलहरुले यसबारेमा खुलेर कुरा गर्न चाहदैनन् ।ु
कैलाली भ्रमणबाट काठमाडौं र्फकने क्रममा संवाददाताहरु संगको भेटमा पुस सम्म सहमति नभए डरलाग्दो अवस्था आउने सक्ने खतरा समेत उनले औल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार