एसियाली खेलकुद स्थगित

२३ बैशाख २०७९, शुक्रबार १५:०० मा प्रकाशित

काठमाडौँ । चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ ।

आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो ।

चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो ।

तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

काठमाडौं । पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको