मधेशी दलबाट प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्ताव

२३ मंसिर २०६९, शनिबार १२:२४ मा प्रकाशित

काठमाडौ, २३ मंसिर । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलबाट प्रधानमन्त्रीको प्रस्ताव भए सहमतिका लागि सजिलो वातावरण बन्न सक्ने बताएका छन् । आज विहान कांग्रेस र एमालेका नेताहरुसंगको अनौपचारिक छलफमा अध्यक्ष प्रचण्डले मधेसी दलबाट प्रधानमन्त्री बनाएर सहमतीय सरकार निर्माणका लागि जोड दिएका हुन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्ण सिटौलासंगको छलफलमा दाहालले कांग्रेसको नेतृत्व स्विकार्य नहुने भन्दै बाबुराम भट्टराई हट्नै परे मधेसी दलबाट इमानदार मानिएका नेताको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेको स्रोतले बतायो ।
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि थपेको तेस्रो पटकको म्याद भित्र सहमति जुटाउन नेताहरुले औपचारिकसंगै अनौपचारिक वार्तालाई पनि तिव्रता दिएका छन् । ललितपुरको बालकुमारीमा एमालेका पूर्व सांसद कृष्णलाल महर्जनको घरमा दाहाल, नेपाल र सिटौलाबीच अनौपचारिक छलफल भएको हो । नेपाल र सिटौलालले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै दाहालको प्रस्ताव अस्विकार गरेको स्रोतले जनाएको छ । बिहान ७ बजेदेखि सवा ८ सम्म नेताहरुबीच छलफल भएको थियो । नेताहरुबीच कुनै सहमति भने हुन सकेन । तर, एमाले कांग्रेसका नेताले भने, कांग्रेस सभापति शुशिल कोइरालाको नेतृत्वमा सरकार बन्न पर्ने दावी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार