पाल्पाली करुवा उद्योग सङ्कटमा

२३ मंसिर २०६९, शनिबार ०९:२५ मा प्रकाशित

चन्द्रकान्त खनालरुपन्देही, २३ मंसिर । कच्चा प्रदार्थको अभाव र दक्ष कामदारको समस्याका कारण पाल्पाको पहिचानको रुपमा रहेको पाल्पाली करुवाको अस्थित्व खतरामा परेको छ । करुवा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, कोइला र दक्ष कामदारको अभावका कारण लोप हुने अबस्थामा पुगेकोे हो । करुवा अद्योगका लागि कच्चा प्रदार्थ पाइए पनि अत्यन्तै महंगोमा खरिद गर्नुपर्ने बाध्यताका कारण पाल्पाको पहिचानसँग जोडिएको पाल्पाली करुवा लोप हुने अबस्थामा पुगेको बताइएको छ । पाल्पा तानसेनका करिब २५ घरपरिवारले बनाउँदै आएको करुवा हाल आएर जम्मा दुई घरमा मात्र सिमित भएपछि पाल्पाली करुवा लोप हुने अवस्था पुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । करुवाको अत्याधिक माग हुँदा समेत उद्योगिले भनेजति करुवा उत्पादन गर्न सकेका छैनन् । काँसलाई गालेर परम्परागत रुपमा हातबाट मात्र उत्पादन हुने हँुदा पाल्पाली करुवा बलियो र आकर्षक हुन्छ, त्यसैले यसको माग पनि अत्याधिक हुने गर्दछ । करुवा व्यबसायीहरुले बजारमा मागअनुसार करुवा दिन नसक्दा व्यापारीहरुले बाहिरी जिल्लामा बनेका नक्कली करुवा समेत पाल्पाली भन्दै बिक्री गर्दै आएका छन् । दुई घरबाहेक अन्य व्यक्तिहरुले करुवा नबनाउने भएकोले पाल्पाली करुवा लोप हुने चिन्ता पाल्पालीहरुमा बढेको छ । तर पाल्पाली करुवा उद्योगका प्रोपाईटर प्रदिप बज्राचार्यले कामदारको अभाव, पर्याप्त रुपमा कच्चा पदार्थको कमी, घरेलु तथा साना उद्योग र पाल्पा उद्योग वाणिज्य संघको बेवास्ताको कारण आफ्नो उद्योगको उत्पादनमा कमी आएको बताए । पाल्पाली करुवा स्वदेशमा मात्र होईन बिदेशमा समेत प्रख्यात रहेको छ । १ लाख भन्दा बढि मुल्यका करुवाहरु बिदेश नर्यात हुने गरेकोे तथ्यांक छ । भारत, जापान, कोरिया, अमेरिका, बेलायत लगायतका पारखीहरुमा पाल्पाली करुवा निकै लोकप्रिय रहेको छ । यति धेरै लोकप्रियता कमाएको करुवा कच्चा सामाग्री र दक्ष कामदारको अभाव भन्दै स्वयम उधोगीहरु करुवा लोप हुन लागेकोमा चिन्तित छन् । उद्योगलाई बिस्तार गर्ने, उद्योगलाई चाहिने कच्चा सामाग्रीको उचित बातावरण मिलाउने, उद्योगको आधुनिककरण गर्नेतर्फ सम्बन्धित निकायको नजर नपुग्दा करुवाको अस्थित्व संकटमा परेको हो ।

पाल्पामा रहेका करुवा उद्योगको संरक्षण र संवद्र्धन नहुने हो भने पाल्पाली करुवा इतिहासमा मात्र सिमित नहोला भन्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार