नेपालको खराब ब्याटिङ, ३१ ओभरमै अलआउट

२३ बैशाख २०७९, शुक्रबार ११:५९ मा प्रकाशित

काठमाडौं । जिम्बावे ए सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर खराब ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १० विकेट गुमाउँदै १३६ रन बनाएको हो ।

नेपालका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर सोमपाल कामीले ३० रनको योगदान गरे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १९ र ५ रनमै आउट भए । आरिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले १८, रोहित कुमार पौडेलले ३, मोहमद आदील आलमले २, करण केसीले २५, सन्दीप लामिछानेले ४ र सागर ढकालले १ रन जोडे । सुशन भारी शून्यमै आउट भए ।

जिम्बावे एका लागि ब्राड इभान्सले चार विकेट लिए । भिक्टर न्याउची, ब्रान्डन मावुता र केफास झुवाओले दुई दुई विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

काठमाडौं । पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको

जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध