होशियार यसरी हुँदैछ ‘बैकिङ ठगी’, ठगीबाट बच्न प्रहरीको चेतावनी

२३ मंसिर २०६९, शनिबार ०९:२१ मा प्रकाशित

काठमाडौं, २३ मंसिर । विगत केही महिनादेखि नेपालका विभित्र वित्तिय संस्थाहरुको ई–बैंकिङ्गका लागि ‘लग इन’ गर्ने मुख्य पृष्ठसँग दुरुस्त मिल्ने पेज लग–इन पेज बनाई वित्तिय संस्थाहरुका खातावालाहरुलाई सुरक्षाका कारण पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै बिभित्र ग्राहकहरुलाई इमेलमा ‘तपाईंको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासवर्ड हात्रुहोस’ भनी स्पाम इमेलहरु पठाउने र ग्राहकहरुलाई झुक्याई बैंकको एकाउन्ट नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने आपराधिक प्रवृति बढ्ढै गएको भन्दै सोबाट बच्न केन्द्रीय अनुसन्धान व्यूरोले सर्वसाधारणमा अपील गरेको छ । साथै सोही समुहले आपराधिक कार्यलाई मुर्तरुप दिन अन्य बिभित्र व्यक्तिहरुलाई इमेल मार्फत विदेशस्थित विभित्र व्यापारिक प्रतिष्ठानको आधिकारीक सदस्य हुँ भत्रे परिचय दिंदै तपाईंको नाममा रहेको विभित्र बैंकहरुको एकाउन्ट नम्बर सहितको अन्य विवरण समेत माग गर्ने र नेपालमा सो व्यापारिक प्रतिष्ठानले गरेका व्यवसायहरुको बाँकी रहेको बक्यौता रकम उठाउन पेमेन्ट क्लीअरिङ्ग एजेन्टको रुपमा तपाईंलाई नियुक्त गरिएको भनी इमेल मार्फत सम्पर्क गर्ने गरेको समेत देखिन आएको प्रहरीले जनाएको छ । त्यस्ता आपराधिक समुहले विभित्र वित्तिय संस्थाहरुको ई–बैंकिङ्गका लागि लगईन गर्ने मुख्य पृष्ठसँग दुरुस्त मिल्ने पेज बनाई खातावालाहरुको एकाउन्ट नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने र अनाधिकृत रुपमा उक्त खातावालाको रकम ई–बैंकिङमार्फत निकाली सोही वित्तिय संस्थामा खाता रहेका व्यापारिक प्रतिष्ठानले पेमेन्ट क्लीअरिङ एजेन्टको रुपमा नियुक्त गरिएको व्यक्तिको खातामा जम्मा गरिदिने र सो रकम मध्यबाट व्यापारिक प्रतिष्ठानको सदस्यले भने बमोजिमको कमिसन कटाई बाँकी रकम मनि ट्रान्सफरहरुमार्फत बिदेशका बिभित्र बैंकहरुमा व्यक्तिका नाममा जम्मा गरिदिनु हुन व्यहोराको इमेलहरु पठाउँदै अनाधिकृत रुपमा एक खातावालाको रकम ई–बैंकिङमार्फत निकाली अन्य खातावालाहरुको नाममा ट्रान्सफर गर्ने विधुतीय अपराध बढ्दै गएको हुनाले त्यस्ता स्पाम मेल तथा फेक लगईन पेजहरुको विश्वास नगर्न र त्यस्तो गरेको देखिएमा तत्काल सम्बन्धित वित्तिय संस्थाहरु साथै यस केन्द्रीय अनुसन्धान ब्युरोलाई  [email protected]  मा जानकारी गराउन पनि प्रहरीले अपिल गरेको छ । यसैगरी सो कार्यबाट बच्न अपरिचित ब्यक्तिले पठाएका कुनै पनि इमेल नखोल्न, वित्तिय संस्थाहरुको ई–बैंकिङ्ग प्रयोग गर्ने ग्राहक भएमा सुरक्षाका कारण युजरनेम र पासपवर्ड परिवर्तन गर्ने ब्यहोराको कुनै लिंक सहितको इमेल प्राप्त भएमा सम्बन्धित वित्तिय संस्थाहरुसँग समन्वय गर्न, अप्रत्यासित रुपमा कुनै अपरिचित ब्यक्तिले ब्यक्तिगत विवरण सोधेमा आफ्नो ब्यक्तिगत विवरण उपलब्ध नगराउन, ई–बैंकिङका लागि प्रयोग गरेको कम्प्युटरमा स्पाम फिल्टर, एन्टीभाइरस, एन्टीस्पेच सफ्टवेर, फायरवाल रहे–नरहेको तथा त्यस्ता सफ्टवयेरहरु अपडेट भए–नभएको समेत विचार पु¥याउन, एकभन्दा बढी युजर एकाउन्ट चलाउने भएमा एकै किसिमको युजर आईडी तथा पासवर्डको प्रयोग नगर्न र आफ्नो युजरको पासवर्ड समयसापेक्ष परिवर्तन गर्नका लागि व्यूरोले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार