जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको खराब शुरुवात

२३ बैशाख २०७९, शुक्रबार १०:५३ मा प्रकाशित

काठमाडौं । जिम्बाब्वेको ‘ए’ टोलीसँगको पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले खराब शुरुवात गरेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले शुरुवाती पाँच ओभरको खेलमा तीन विकेट गुमाएर ३६ रन जोडेको छ ।

नेपालका कुशल भुर्तेल १९ रन बनाएर आउट भए । त्यस्तै आसिफ शेख र आरिफ शेख समान ५/५ रनमा क्याच आउट भएका छन् । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय श्रृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको थियो ।

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी-२० श्रृङ्खला भने बराबरी भएको थियो । तीन टी-२० श्रृङ्खलामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा

काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा

काठमाडौं । विवादको समस्या पहिचान र सिफारिस कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।