सरकारी उदासिनताले महिला हिंसा बढ्यो : प्रतिवेदन

२३ मंसिर २०६९, शनिबार ०९:१७ मा प्रकाशित

काठमाडौं, २३ मंसिर । महिलामाथि हुने गरेको घटनामा प्रभावकारी अनुगमन तथा कारवाही नभएको कारण हिंसा बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । अपसन नेपालले सार्वजनिक गरेको एक प्रतिवेदनले नेपालमा महिला हिंसाको घटना दोहोरिनु तथा हिंसकको मनोबल बढ्नुको प्रमुख कारणमा घटनाको अनुगमन तथा दोषीलाई कारबाही नहुनु रहेको देखाएको छ ।
राजधानीमा शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा महिलामाथि हिंसा बढदै जानुको मुख्य १३ वटा कारण देखाइएको छ । प्रतिवेदनअनुसार न्यायिक निकायसहितका अन्य निकायहरु समाबेशी नहुनुका कारण पनि महिला हिंसा बढेको छ ।
अपसन नेपालको उक्त प्रतिवेदनले सरकारी उदासिनतालाई उजागर गरेको छ । महिला हिंसा मात्र नभई अन्य हिंसाका घटनाहरु दोहरिनुमा सरकारी पक्ष उदासिन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अधिकारको उल्लंघनमा पर्याप्त राहत तथा क्षतिपुर्ति उपलब्ध नगराइएको कारण पनि हिंसा बढ्दै गएको प्रतिबेदनले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार