व्यापारका लागि बेसी झरेका मुस्ताङीको शव कालीगण्डकी किनारमा

२३ मंसिर २०६९, शनिबार ०९:१५ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम (मुस्ताङ), २३ मंसिर । मुस्ताङ घर भई घुम्ती व्यापारको सिलसिलामा काठमाडौ हिँडेका एक ब्यक्तिको शव शुक्रबार म्याग्दीको बेनी बजारनजिकै कालीगण्डकीमा भेटीएको छ । बिहिबार राती म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कबाट कालीगण्डकी नदीमा खसेर मृत्यु भएको बताइएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाबिस वडा नम्वर ६ घर भई जाडो छल्दै घुम्ती व्यापारको लागि बेशी झरेका करिब ६६ वर्षिय धर्चे गुरुङ बिहिबार करिब राती १० बजे कालीगण्डकी नदीमा खसेकोमा शुक्रबार बिहान करिव आठ बजे मात्रै बेनी बजारकै खुल्ला मञ्च नजिकै कालीडण्डकी नदी किनारमै मृत अवस्थामा शव भेटिएको हो । पर्वत बेनीबाट म्याग्दी बेनी आउँदै गरेका यात्रीहरुले झोलुङ्गे पुलबाट गुरुङको शव पानीमा तैरिइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुई छोरा र श्रीमती सहित घुम्ती व्यापारका लागि काठमाण्डौ जान हिँडेकोमा बसपार्कमा बास बसेको र राती पिसाव फेर्न भनि निस्किएकोमा चिप्लिएर खोलामा परेको हुनसक्ने म्याग्दी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहिवार साँझ बेनी बजार पुगेका उनीहरु श्ुक्रवार बिहान काठमाडौ जाने भनि म्याग्दीको कालीपुलबसपार्कमा बास बसेको उनका छोरा ढिण्डुक गुरुङले बताउनु भयो । छोरा ढिण्डुकले भन्नुभयो, “बास बसेको होटलमा राती बुवाले पिसाव फेर्न बाहिर जान्छु भन्नुभयो । उहाँ निस्केपछि म पनि सुत्न गए तर बिहान उठ्दा बुवालाई नदेखेपछि खोजी गर्न थाल्यौ ।” मृतकको सब पोष्टमार्टमका लागि म्याग्दी जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ । गुरुङको शव आज बिहानै उनका दुई छोरा सहित आफन्तले जिम्मा लिएको म्याग्दीका प्रहरी निरिक्षक प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार