प्रहरीको हतियार खोसेर घेराबन्दीमा

२३ मंसिर २०६९, शनिबार ०७:२५ मा प्रकाशित

धादिङ, २३ मंसिर । बेनीघाट–८ बिशालटारस्थित पृथ्वी लोकमार्गमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट खटिएको प्रहरी निरीक्षक कृष्णगोपाल पनेरु र प्रहरी निरीक्षक कृष्णसुन्दर विष्ट समेतका १४ जना प्रहरी टोली माइक्रोबसमा नेपालगंजतर्फ जाँदै गरेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना.४ ख ८१११ नम्वरको ट्रकलाई ओभरटेक गर्न खोज्दा ट्रकका कर्मचारीसँग विवाद भइरहेको अवस्थामा अन्दाजी २ सय ५० जनाको संख्यामा भेला जम्मा भएका स्थानीय बासिन्दाहरुले प्रहरीको गाडीमा डुंगामुढा गरेका छन् ।
उत्तेजित भीडले प्रहरी निरीक्षक कृष्णगोपाल पनेरुको पेस्तोल र अर्को १ नाल पेस्तोल खोसी ४ जना प्रहरीलाई नियन्त्रणमा लिएको र अन्य प्रहरी तितरवितर भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बेनीघाट खटिएको प्रहरी टोलीले उक्त हयितार र प्रहरीलाई आफ्नो नियन्त्रणमा लिई भीडलाई सम्झाई बुझाई गरेको थियो । उक्त झडपमा प्रहरी नायव निरीक्षक जिवलाल पाण्डे, बंशीराज आचार्य, प्रहरी सहायक निरीक्षक खिलबहादुर दुलाल र प्रहरी हवल्दार खिलबहादुर कार्की समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार