अमेरिका नेपाल सोसाइटीको निर्वाचन अबैध, पुर्व निर्धारित सपथ ग्रहण समरोह स्थगित

२३ मंसिर २०६९, शनिबार ०६:१७ मा प्रकाशित

भर्जिनिया, २३ मंसिर । अमेरिकामा बस्ने नेपालीहरुको पुरानो संस्था अमेरिका नेपाल सोसाइटीको गत अक्टोबर २७ मा सम्पन्न साधारण सभाद्वारा निर्बाचित पधाधिकारी र निर्वाचन प्रक्रिया बारे उत्पन्न कानुनी बिबादका कारण पुर्व निर्धारित आइतबारको सपथ ग्रहण समरोह स्थगित भएको छ । गत अक्टोबर २७ मा सम्पन्न साधारण सभाद्वारा ठाकुर पुडासैनीको समूह निर्वाचित भएको घोषणा गरिएको थियो भने अध्यक्षका अर्का प्रत्यासी श्रीधर कंडेलले निर्वाचनमा अनियमितता भएको आरोप लगाउनु भएको थियो । हामीलाई प्राप्त जानकारी अनुसार निर्वाचनमा परिचय पत्र बिहिन व्यक्तिहरु समेतले मतदान गरेका थिए जसको कारण निर्वाचन प्रक्रिया र परिणाम प्रति अध्यक्षका अर्का प्रत्यासी श्रीधर कंडेलको समुहले असहमति जनाएर कानुनी उपचार खोज्ने तयरी गरि रहेको थियो । नेपालका लागि अमेरिकी राजदुत शंकर प्रशाद शर्मा संस्थापक रहेको अमेरिकामा बस्ने नेपालीहरुको पुरानो सस्था अमेरिका नेपाल सोसाइटी यस क्षेत्रको पुरानो र नेपाली मुलका अमेरिकीहरुको हितमा लामो समय देखि क्रियाशील रहेको भए पनि बिगत केहि बर्ष देखि निष्क्रिय जस्तो रहेको यो संस्था दलगत स्वार्थले विभाजित रहदै आएको थियो । हामीलाई प्राप्त जानकारी अनुसार स्थानीय अदालतले गत अक्टोबर २७ मा सम्पन्न साधारण सभाद्वारा निर्बाचित पधाधिकारी र निर्वाचन प्रक्रिया बारे स्टे अर्डर जारी गरेको कारण सम्पन्न साधारण सभा द्वारा निर्वाचित पदाधिकारीको सपथ ग्रहण रोकिएको छ भने संस्थाको निरन्तरतामा समेत प्रश्न उब्जिएको  छ । हामीले यस बिषयमा गत अक्टोबर २७ मा सम्पन्न साधारण सभाद्वारा निर्बाचित अध्यक्ष ठाकुर पुडासैनीसंग सम्पर्क राख्दा उहाँले यस बिषयमा कुनै प्रतिक्रिया दिन चाहनु भएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार