पूर्ण चन्द्र भट्टराईको कर्तुतको पर्दाफास

११ चैत्र २०६८, शनिबार १९:०० मा प्रकाशित

काठमाण्डौं, ११ चैत्र । प्रधानमन्त्रीले भ्रष्टाचारको आरोप लगाएर तत्कालिन श्रम तथा यातायात मन्त्री सरिता गिरिलाई हटाए पनि प्रधानमन्त्रीले पक्षपोषण गरेका बैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक पूर्ण चन्द्र भट्टराई नै सर्वाधिक भ्रष्ट भएको प्रमाण सार्वजनिक भएको छ ।
पछिल्लो समयमा मन्त्री गिरीको भ्रष्टाचारले सन्चारमाध्यमका पाना र स्क्रिन जसरी भरिए त्यसैगरी भट्टराईका बखानले पनि त्यती नै भरिए तर

अवैध रकम लिएर भिसाको म्याद सकिएका पासपोर्टलाई समेत भट्टराईले श्रम स्वकृति दिएको पाइएको छ । वैदेशिक रोजगारीका लागि  खाडी मुलुक जान लागेकी एक महिलाको गत डिसेम्बर १८ मा  भिषाको म्याद सकिएको भए पनि भट्टराईले २२ डिसेम्बरमा  व्युक्तिगत श्रमस्वीकृति दिएका थिए । उनी ट्राभल्समा प्लेन टिकट लिन जाँदा उक्त कुराको रहस्य खुलेको थियो ।
त्यस्तै, महानिर्देशक भट्टराईले विभागमा गैरकानुनी रुपमा स्वमंसेवक नियुक्त गरेर अनियमिता गर्ने कार्यलाई  थप प्रोत्साहन गरेका थिए । विगत लामो समयदेखि विभागमा प्रत्यक्ष अनियमितता हुदै आएको  थियो तर भट्टराईको पालाबाट एनिजिओ मार्फत अनियमिता हुन थालेको थियो ।  यसलाई  मन्त्रीले तत्काल रोक्न भन्दा भट्टराईले मन्त्री विरुद्ध षड्यन्त्र शुरु गरेको विभाग स्रोतको दावी छ । भट्टराईले श्रम स्वीकृति निकाल्न आउने सर्वसाधारण नागरिकलाई  निशुल्क सेवा दिने बहानामा अनियमिता थालेका थिए । अहिले पनि विभागमा प्रवासी नेपाल र पौरखी नेपाल नामका गैर सरकारी संस्थाको नामबाट स्वयंसेवकको विल्ला लगाएका  व्यक्तिहरुको हालीमुहाली छ । जसले आर्थिक लेनदेनको काममा स्वच्छ छविका भट्टराईलाई भरपुर सहयोग गर्दथे ।
स्रोतका अुनसार भट्टराई करिव आधा  दर्जन एनजिओका मालिक र संचालक दुवै हुन । अनगिन्ती बेनामे  संस्थाका मालिक समेत रहेका भट्टराईले नै एनजिओलाई  वैदेशिक रोजगार विभागमा आफ्नो महानिर्देशक पदसँगसँगै भित्रायएका हुन् । स्वंसेवक राख्नै पर्ने भए सूचना प्रकाशित गरि प्रतिस्पर्धा गराएर नियुक्त गर्नु पर्ने सरकारी ऐनलाई धोती लगाउँदैले भट्टराईले ढाडै नियूक्त गरे ।
निजामती कर्मचारी ऐनमा उबहाल रहेकै  अवस्थामा सरकारी कर्मचारीले यसरी कुनै पनि संघसंस्थामा  काम गर्न मिल्दैन भन्ने स्पष्ट व्यवस्था छ । तर त्यो व्यवस्थाले  भट्टराईलाई अहिलेसम्म समात्न सकेको छैन । यसबाट पनि पुस्टि हुन्छ भट्टराई कुन शक्तिको बाहु बल र शिक्षा बाट दिक्षित छन् ।
पछिल्लो पटक चार वटा म्यानपारवरलाई मन्त्रीले इजाजत दिएको विषयलाई सिर्जित विवाद बनाएर भट्टराईले मन्त्रीलाई चुनौति दिन थालेको स्पष्ट भएको थियो । म्हानिर्देशक भट्टराईले नै टिप्पणी उठाएर चार ओटालाई इजाजत दिन उपयुक्त हुने बताएका थिए र सोही अनुरुप चार वटाले पुस २२ गते इजाजत पाए तर त्यही चार वटा मध्यकै ट्रस्टी ओभरसिजलाई भने कारोवारै नथाली भट्टराईले इजाजत रद्ध गरिदिए ।  ट्रस्टी मेनपावरका सञ्चालिका सोभा शर्मा (९८५१०५०३४७) ले महानिर्देशकको काइते रवैयाका कारण यो सब भएको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई