हो मैले भुत संग सेक्स गरेकै हुँ : अमेरिकी पप स्टार केशा

२३ मंसिर २०६९, शनिबार ०४:०३ मा प्रकाशित

एजेन्सी, लन्डन, २३ मंसिर । के तपाइहरुले कहिँ कतै भूत संग बिताएको सेक्स संग सम्बन्धित घटना वा कथा सुन्नु भएको छ ? सुन्नु भएको छैन भने आउनुहोस भुत संग बिताएको रोमान्चक सेक्स अनुभूति सुन्नुहोस । चर्चित अमेरिकी पप स्टार केशाको जिन्दगीमा यस्तो घटना घटी सकेको छ अर्थात् उनले भूत संग सेक्स गरेको दावी गरेकी छिन । चर्चित अमेरिकी पप स्टार केशाको भनाइ अनुसार भूतले उनलाई स्पर्श गर्यो र उनले भूत संग ‘सेक्सी टाइम’ बिताएकी छिन । बेलायती समाचार पत्र ‘द सन’का अनुसार चर्चित अमेरिकी पप स्टार केशाको भूत संगको सेक्स सम्बन्ध स्पर्श बाट सुरु भयो जति बेला उनि घरमा थिइन । यस अघिनै सेप्टेम्बर महिनामा २५ बर्षीय चर्चित अमेरिकी पप स्टार केशाले यस्तै रोमान्चक कथा बताएर सनसनी मच्चाएकी थिइन । त्यति बेला उनले भनेकी थिइन, ‘सूपर न्याचुरल पावर अनुभव गर्ने अनौठो सेक्सी तरिका ।’ हालै अमेरिकी टिभी प्रस्तोता कैनन ओ ब्रायनसंगको च्याटमा उनले यो रहश्यको पर्दा खोलेकी छिन । के साच्चै तपाइंले भूतसंग सेक्स सम्बन्ध राखेकै हो ? यो प्रश्नको जवाफमा पप स्टार केशाले भूत संगै ‘वोन जोन’ घुमी सकेको दावी गरिन । उनले टिभी प्रस्तोता कैनन ओ ब्रायनलाई भनिन के तपाइँ पुरा घटना सुन्न चाहनु हुन्छ ?, ‘मलाइ उसको नाम थाहा छैन तर उ म संगै मेरो घरमा थियो । भूतले मलाई प्रेम पुर्वक स्पर्श गर्यो ।’ चर्चित अमेरिकी पप स्टार केशाको बजारमा आउन लागेको नयाँ एल्बम ‘वॉरियर’ को बिषयमा टिभी प्रस्तोता कैनन ओ ब्रायनसंगको च्याट संवादमामा उनले भूत संगको आफ्नो रोमान्चक सेक्स कथा सार्वजनिक गरेकी हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई