जापानी वास्तुविदको लुम्बिनी गुरुयोजना सम्पन्न नहुँदै दोश्रो सुरु, अर्वौ डलर खर्चिने तयारी

२३ मंसिर २०६९, शनिबार ०३:१० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २३ मंसिर । जापानका प्रसिद्ध वास्तुकलाविद केंजो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना सम्पन्न नहुँदै लुम्बिनीको विकासका लागि अर्को गुरुयोजना ल्याइएको छ । लुम्बिनीको विकासका लागि स्थानीयकै सहभागितालाई जोड दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनका भाइसमेत रहेका कोरियन प्राध्यापक क्वाकले गुरुयोजना तयार र्पानुभएको हो । उहाँको गुरुयोजनामा लुम्बिनीलाई चार क्षेत्रमा राखिएको छ । बुद्ध धर्म, संघ र उपासक क्षेत्र समावेश गरिएको छ । मायादेवी मन्दिरसहितको पवित्र उदयान क्षेत्र बुद्धमा, त्यसबाहिरको टांगेको गुरुयोजना अनुरुपको लुम्बिनी विकास कोष क्षेत्र र बाहिरको भूभाग धर्ममा हाल स्थानीयवासीको बसोबास रहेको मुख्य बस्ती ५ वाई ५ माइल क्षेत्रफललाई संघ र त्यसभन्दा बाहिरको बाँकी क्षेत्रफल उपासकमा विभाजित छ । गुरुयोजनाअनुसार बुद्ध क्षेत्रमा कुनै पनि र्निमाण गरिने छैन । यो मायादेवी मन्दिर वरपरको क्षेत्र रहने छ । त्यस्तै धर्म क्षेत्रमा हरियाली रहने छ । रिर्सच सेन्टरहरु पनि यहीं र्निमाण हुने छन । जहाँ विभिन्न देशका बौद्ध धर्मावलम्बी र अन्य धर्मावलम्बिहरूले पूजापाठ तथा ध्यान गर्ने छन । गुरुयोजना अनुसार संघ आवासीय क्षेत्र रहने छ । जहाँ लुम्बिनी वरपरका गाउँहरु लाई समेटिएको छ । अस्पताल, शिक्षण संस्थाहरु यहीं र्निमाण गरिने छ । हरेक १० मिनेटको पैदलमा संघ क्षेत्रमा स्थानीयको निम्ति बिद्यालय अस्पतालको निर्माण हुने उल्लेख छ । जुन क्षेत्रमा दुई लाख मानिसले बसोबास गर्नेसक्ने छन । लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने अवधारणाअनुसार बनाइएको गुरुयोजनाबारे स्थानीयलाई जानकारी गराउँदै क्वाकले भन्नुभयो– ‘उपासक पर्यटकीय क्षेत्र रहने छ । यी क्षेत्रहरू लुम्बिनीदेखि २४ र्वग माइलको क्षेत्रमा रहने छन । गुलाबको फूलको आकारमा र्निमाण गरिएको गुरुयोजना सम्पन्न हुदाँ लुम्बिनी हरियाली हुनेछ । शान्ति सहरमा कपिलवस्तुको गुथिहवा, कुदान, तिलौराकोट, निग्लिहवा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह र भैरहवा क्षेत्रलाई समेटी ८ वटा नहर बनाइने छ । नहर वा अन्य र्निमाणको क्रममा स्थानीयका बासस्थान, पुरातत्व क्षेत्रलाई असर पर्ने गरी काम नहुने गुरुयोजनामा छ । यसको लागि तीन र्अब डलर लाग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ र विश्व विकास बैंक सहयोगका लागि तयार रहेको क्वाकले जनाए । आफूले तयार पारेको गुरुयोजनाबारे प्रस्टाउँदै उहाँले लुम्बिनीलाई हजारौँ र्वषसम्म पनि जोगाइराख्न योजनाको खाँचो रहेको बताउनुभयो । उहाँले लुम्बिनीको अस्तित्व जोगाइराख्न त्यस क्षेत्रमा जथाभावी भइरहेका निमार्णहरु तत्काल रोक्नुर्पनेमा जोड दिनुभयो । क्वाकले आफ्नो गुरुयोजनामा लुम्बिनी वरपरका ११ गाविसका जनताको जीवनस्तर सुधार गर्नु पर्ने र त्यसको लागि लुम्बिनीमा स्थानीयको सहभागिता बढाउनुर्पने बताउनुभएको छ । प्रारम्भिक गुरुयोजनाका बारेमा क्वाकले केही दिनअघि काठमाडौंमा संस्कृति र भौतिक योजना मन्त्रालय, लुम्बिनी विकास कोष, बृहत्तर लुम्बिनी विकास राष्टिय निर्देशक समितिलगायतका सरोकारवाला निकायसमक्ष प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार