एमाओवादीले सहमति भाड्न खोजिरहेको गौतमको आरोप

२२ मंसिर २०६९, शुक्रबार २२:३१ मा प्रकाशित

भक्तपुर, २२ मंसिर । एमालेका उपाध्यक्ष बामदेव गौतमले एमाओवादीले सहमति भाड्न खोजेको आरोप लगाएका छन् । उनले एमाओवादीले विभिन्न सर्त राखेर सहमतिय सरकारका लागि बन्न आटेको सहमति भाड्न खोजेको आरोप लगाएका हुन् । नेपाल निजामती कर्मचारी सङगठन विभागीय कार्यसमिति शिक्षा मन्त्रालयको नवौं केन्द्रीय अधिवेशन तथा सहिद मनोज–झपेन्द्र स्मृति कल्याणकारी अक्षयकोषको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा गौतमले भने, ‘सहमतीय सरकार निर्माण्ँमा सबै सहमतीय बनिसके पनि राजनीतिक सहमति गर्न नदिनका लागि एमाओवादीले शर्तहरु राखेको हो, संविधानसभाको निर्वाचन गरेर संविधान निर्माण्ँमा जान लागेको बेलामा अहिले नै संविधानमा उल्लेख गरिने बुदाँहरुमा सहमति हुनुपर्ने अडान राख्नु सहमति भाड्नु मात्रै हो।’ संविधानका सबै बुदाँमा अहिले नै सहमति गर्ने भए संविधान सभाको निर्वाचनमा जानुको औचित्य नहुने बताउदै उहाँले सहमतीय सरकार बनेमा निर्वाचन हुने र निर्वाचनमा आङ्खनो पार्टी पराजय हुने डरले एमाओवादीले सहमति भाड्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार