झण्डै दर्जन स्वर्ण जित्दै नेपाल च्याम्पियन बन्यो

२२ मंसिर २०६९, शुक्रबार २२:२१ मा प्रकाशित

काठमाडौं । नेपालले झण्डै दर्जन स्वर्ण जित्दै जुडो फोर पिस दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशको ढाकामा भएको प्रतियोगितामा सहभागि २१ खेलाडी मध्ये २० ले पदक जितेको थियो भने नेपालले १० स्वर्ण पदक हात पारेको छ ।
बिकेएसपी रंगशालामा भएको दुई उमेर समूहमा २४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आयोजक बंगलादेशले ८ स्वर्ण र अफगानिस्तानले ६ स्वर्ण पदक हात पारेको थियो । नेपालबाट स्वर्ण पदक जित्ने खेलाडीमा सुवोध मण्डल (२६ केजी), सुवेन खड्गी (३४ केजी) र सनिसशाही खड्गी (४२ केजी) थिए। उनीहरुले १० देखि १३ वर्षसम्ममा प्रतिस्पर्धा गरेका थिए । सोही उमेर समूहको महिलातर्फ अनिता श्रेष्ठ (२५ केजी), देविकामाया श्रेष्ठ (३२ केजी) छन् । यसै समूहको शक्ति थापा (२८ केजी) र अन्जली श्रेष्ठ (४० केजी)ले काँस्य पदक जिते।
१३ देखि १६ वर्षसम्ममा इन्द्रबहादुर श्रेष्ठ (४० केजी), युवराजक कुमार श्रेष्ठ (४५) ले स्वणर््ँ जिते। हिमपर्व खत्री (५५ केजी) दोस्रो र अलानुर अन्सारी (६० केजी) तेस्रो भए । महिलातर्फ विष्णुमाया वाइवा (३६ केजी), रन्जना खड्का (४८ केजी), दीपा गुरुङ (५२ केजी) ले स्वर्ण जिते । पुजा कार्की (४० केजी) र मनिता प्रधान श्रेष्ठ (५२ केजी) दोस्रो भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो

आजको प्रमुख समाचार