प्रधानमन्त्रीका लागि योग्य रहेको श्रेष्ठको दावी

२२ मंसिर २०६९, शुक्रबार २२:१२ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । एमाओवादीका उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू प्रधानमन्त्री बन्न योग्य रहेको दावी प्रस्तुत गरेका छन् । पुल्चोक सिथत आफ्नो सरकारी निवासमा समिति सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले आफु पार्टीको इमान्दार सिपाही भएकाले पार्टीले प्रधानमन्त्रीको जिम्मेवारी दिन उपयुक्त ठान्यो र राष्ट्रलाई पनि आवश्यक प¥यो भने प्रधानमन्त्री बन्नका लागि तयार छु भने ।
अहिले पनि पार्टीले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नै सहमतीय सरकारको नेतृत्वका लागि पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै उनले थप्, ‘त्यसमा सहमति हुन नसकेको अवस्थामा म प्रधानमन्त्री बन्न तयार छु ।’ केही समयअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सहमतीय सरकारका लागि पहिलो प्राथमिकता प्रधानमन्त्री बाबुराम भट्टराईनै भए पनि विकल्पको रुपमा उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ रहेको बताएका थिए ।
दलहरुबीच सहमति नभएको अवस्थामा प्रतिगामी तत्व र राष्ट्रियता विरोधी तत्वलाई फाइदा हुनेमा सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दलहरुबीच सहमति नभई देश भिडन्तको अवस्थामा गएमा दुईवटा तत्वलाई मात्रै फाइदा पुग्छ। एउटा शक्तिविहीन भएको प्रतिगामी तत्वलाई र अर्को नेपालको राष्ट्रियतालाई कमजोर पार्न चाहने तत्वलाई मात्रै फाइदा पुग्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार