सरकारविरुद्धको आन्दोलन मंसिर सम्मका लागि स्थगित

२२ मंसिर २०६९, शुक्रबार २२:०० मा प्रकाशित

काठमाडौं, २२ मंसिर । कांग्रेस एमाले लगाएत विपक्षी दलहरुले सरकार विरुद्धको घोषित आनदोलन मंसिर महिना भरका लागि स्थगित भएको छ ।
‘राजनीतिक सहमतिको नयाँ सरकार गठन गर्न सम्माननीय राष्ट्रपतिले गर्नुभएको आह्‍वान टुङ्गोमा पुगि नसकेको वर्तमान अवस्थामा शीर्षस्थ नेताहरु वार्ता र सम्वादका लागि काठमाडौँमा उपस्थित रहनुपर्ने भएकाले संयुक्त आन्दोलनका २०६९ मार्ग महिनाका लागि घोषित कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदछौं,’ विपक्षी दलका नेताहरुले संयुक्त रुपमा आज जारी विज्ञप्तीमा भनिएको छ।
कांग्रेसका मिनेन्द्र रिजाल, एमालेका रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘२०७० वैशाख महिनाभित्र संविधान सभारसंसदको निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सहमतिको नयाँ सरकार गठन गरी मुलुकलाई संवैधानिक र राजनीतिक निकास दिलाउने हाम्रो प्रयत्न जारी छ। विकसित घटनाक्रमको समीक्षा गर्न र आन्दोलन लगायतका विषयमा छलफल गरी आवश्यक निर्णय लिन पन्ध्र दलका शीर्षस्थ नेताहरुको बैठक यथाशीघ्र बस्नेछ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार