यही तालले बैशाखमा पनि निर्वाचन नहुने नेम्वाङ्को भनाई

२२ मंसिर २०६९, शुक्रबार १६:३४ मा प्रकाशित

झापा, २२ मंसिर । पूर्वसभामुख सुवास नेम्वाङ्ले अहिलेकै अवस्थामा आगामी बैशाखमा पनि निर्वाचन हुन नसक्ने बताएका छन् । ‘दलहरु गम्भीर हुन नसक्दा बैशाखमा निर्वाचन सम्भब देखिएको छैन,’ उनले भने, ‘सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।’
झापामा आज आयोजित कार्यक्रममा नेम्वाङले संबैधानिक जटिलता नहटाई सरकारले घोषणा गरेको एकपक्षीय निर्वाचन हुनै नसक्ने बताए । ‘बाधा अड्काउ फुकाउ र अध्यादेशका भरमा निर्वाचन हुन सक्दैन,’ उनले भने, ‘रिक्त भएको निर्वाचन आयोगले निर्बाचन गराउन सक्दैन ।’
उनले दलहरुबीच सहमति हुँन नसक्दा अवस्था थप जटिल बनेको उल्लेख गरे । सरकार एकपक्षीय रुपमा अघि बढेको आरोप लगाएका नेम्वाङले सहमतिका लागि लचकता अपनाउन सत्ताधारी दललाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार