जापानमा सात दशमलव तीन रेक्टर स्केलको भूकम्प

२२ मंसिर २०६९, शुक्रबार १५:२५ मा प्रकाशित

टोकियो, २२ मंसिर । जापानको उत्तर(पूर्वी तटीय क्षेत्रमा आज शुक्रबार ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ विभागलो उध्रित गर्दै समाचार एजेन्सीले जनाए अनुसार अनुसार बिहान सवा पाँच बजे दक्षिण पूर्वी कामिआशी क्षेत्र केन्द्र गएर भूकम्प गएको हो । सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको झड्का राजधानी टोकियोमा पनि परेको छ । मियागी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछिको भौतिक तथा मानवीय क्षतिको खबर आएको छैन । सन् २०११ मार्च ११ मा गएको भूकम्पमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको थियो । जापानमा महिनैपिच्छे साना ठूला भूकम्प जाने गरेको छ । सन् २०११ मार्च ११ मा गएको भूकम्प ९ रेक्टर स्केलको थियो ।  उक्त भूकम्पमा फुकुसिमा परमाणु केन्द्रमा गम्भीर क्षति भएको थियो । प्लान्टको परमाणु विकिरण लिक हुने भयले त्यस क्षेत्रका हजारौंले बसोबास सार्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार