निसास्सीएर मृत्यु

२२ मंसिर २०६९, शुक्रबार १५:१८ मा प्रकाशित

काभ्रे, २२ मंसिर । काभ्रे जिल्लाको धुलिखेलस्थित ‘द्वारिकाज हिमालयन सांग्रिला होटल’को निर्माण क्षेत्रमा काम गर्ने एक जना मजदुरको कोठा भित्र निसास्सीएर मृत्यु भएको छ ।
निसास्सीएर मृत्यु हुनेमा ललितपुर जिल्ला गोटिखेल–४ घर भएका ३५ वर्षीय मोहन भन्ने सन्तोष पहरी रहेका छन् । कोठामा जाडोबाट बच्न मकलमा बालेको आगोको मुस्लोका कारण विहान पाँच बजे निसास्सीएर उनको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी गीता उपे्रेतीले जानकारी दिईन् । घाईते अवस्थामा फेला परेका उनको उपचारका लागि धुलिखेल अस्पताल पुराउँदै गर्दा मृत्यु भएको थियो । उनीसँगै अन्य दुई जना घाइते भएका छन् ।
ललितपुर गोटिखेल–४ का १७ वर्षीय लक्ष्मण पहरी र २३ वर्षीय ओम पहरी सख्त घाइते छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएका पहरी सात दिन अघि मात्रै रङ्ग लगाउने स्थानमा खाक्सी लगाउँदै आएका थिए । अन्य दुई जना इलेक्ट्रोनिक्स क्षेत्रमा ज्यालादारीको रुपमा काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकृत तथा प्रहरी निरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार उनीहरुको कोठाबाट थोरै परिणामको गाँजाको पोको पनि बरामद भएको छ । प्रारम्भीक अनुसनधानले उनको मृत्यु निस्सासिएर भएको देखिए पनि तीनै जना युवाहरु गाँजा खाएर सुतेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन