‘चारदलले मात्र गरेको सहमति मान्य नहुने’

२२ मंसिर २०६९, शुक्रबार १५:१४ मा प्रकाशित

चितवन, २२ मंसिर । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले प्रमुख चार दलले मात्र गरेका सहमति आफूहरुलाई मान्य नहुने स्पष्ट पारेका छन् ।
चितवनको भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति डा।रामवरण यादवले चार दलले गरेको सहमतिलाई सर्वदलीय निर्णय भन्ने गरेकोमा पनि आपत्ति जनाए । उनले भने, ‘कथित चार दलका नाममा हुने सहमति कुनै पनि हालतमा सर्वदलीय हुन सक्दैन ।’
उनले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा नयाँ निर्वाचनका पक्षमा नरहेको आरोप लगाए । उनले भने, ‘मलुक लाई अगाडि बढाउनुको साटो कथित ठूला दलहरु कुर्सीको खेलमा अल्मलिएका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका