एमाले भक्तपुर जिल्ला कमिटीले १३ निकाल्यो ११ भित्र्यायो

२२ मंसिर २०६९, शुक्रबार १२:२६ मा प्रकाशित

भक्तपुर, २२ मंसिर । एमाले भक्तपुरले पार्टीका १३ जना नेता कार्यकर्तालाई कारबाही गरी पार्टीको साधारण सदस्यतासमेत नरहने गरी १३ जनालाई निष्कासन गरेको छ भने ११ जनालाइ  भित्र्याएको छ । मङ्सिर १९ गते सुरु भई बिहीबार सम्पत्र भएको २० औं बैठकले १३ जनालाई कारबाही गरेको जनाएको छ ।
साथै जिल्ला कमिटीमा रिक्त ११ सदस्यलाई मनोनयन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो राष्ट्रिय समाचार समितिले जनाएको छ । कारबाही गरिएकामा एमाले सङ्घीय मामिला विभागका केन्द्रीय सदस्य त्रिरत्न शाक्य, लोकतान्त्रिक नेवा सङ्घका केन्द्रीय अध्यक्ष कृष्णबहादुर घजु तथा सदस्य जयकृष्ण दुलाल, कान्छाभक्त घजु, हरिकृष्ण कालु, रामकृष्ण घजु, कपिल घजु, रामकृष्ण बादे, कान्छीमाया घजु, बाबुराम दुवाल, धर्मदीप शाक्य, रामगोपाल चौगुठी र श्याम शिल्पकार रहेको एमाले भक्तपुर अध्यक्ष राजेन्द्र राजथलाले जानकारी दिए ।
बैठकले जिल्ला कमिटी भक्तपुरमा उपेन्द्र केसी, पुरुषोत्तम लामिछाने, विना बास्तोला, कविता लुइँटेल, बालमुकुन्द सुवाल, चन्द्रभक्त श्रेष्ठ, नवराज गेलाल, कृष्णराम गेलाल, राजेन्द्र थापा, दिलबहादुर तामाङ र विनोद केसीलाई मनोनयन गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले केही सदस्य पार्टीबाट बाहिर जाँदैमा पार्टी कमजोर नहुने विचार व्यक्त गरेका थिए । कार्यक्रममा एमाले प्रतिनिधि परिषद् सदस्य सोम मिश्र, निर्मल भट्टराई, बाबुरत्न द्यौला, सरस्वती बाटीलगायतले पार्टीलाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार