एमाओवादीको राष्ट्रिय महाधिबेशन २० माघ देखि हेटौडामा गरिने

२२ मंसिर २०६९, शुक्रबार १२:१४ मा प्रकाशित

काठमाडौ, २२ मंसिर । एमाओवादीको राष्ट्रिय महाधिवेश माघ २० देखि हुने हुने भएको । यसअघि माघ १५ गतेदेखि काठमाडौंमा गर्ने भनिए पनि आज बसेको केन्द्रीय कार्यालय र ब्युरो इन्चार्जको बैठकले  २० माघमा गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले राजधानीमा गर्ने भनिएको महाधिबेशलाई हेटौडामा गर्ने निर्णय पनि गरेको छ । २२ वर्षयता एमाओवादीको महाधिवेशन हुन सकेको छैन ।
बैठकले निर्णयअनुसार माघ १९ गते सबै प्रतिनिधिले सम्पर्क गर्नुपर्ने समय तोकेको छ। यसअघि स्थगित भएको जिल्ला अधिवेशन कार्यक्रम पुस २५ देखि माघ १० गतेसम्म गरिसक्ने निर्णय गरेको छ। राज्य समिति अधिवेशन बारे भने बैठकले केही निर्णय लिएन।
यसअघि माघ १४ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने निर्णय थियो। बीस वर्षपछि आयोजना हुन लागेको महाधिवेशनका लागि केही महिना अघि पार्टीका सम्पूर्ण संयन्त्रहरु भंग गरी महाधिवेशन तयारी समितिमा परिवर्तिन गरिसकिएको छ। पुष्पकमल दाहाल २२ वर्षदेखि लगातार पार्टी नेतृत्वमा रहँदै आएको अवस्थामा महाधिवेशन मिति तय भएको हो। २०४८ सालमा चितवनमा भएको महाधिवेशनबाट दाहाल पार्टीको महासचिव बनेका थिए। त्यसको झण्डै १० वर्षपछि २०५७ सालमा भूमिगत कालमा भारतमा भएको दोश्रो राष्ट्रिय भेलाबाट दाहाल अध्यक्ष बनेको १० वर्ष भन्दा बढी भइसकेको छ।
‘जनयुद्धु दिवस फागनु १ गते काठमाडौंमा सभा गरेर महाधिवेशनको समापन गरिने नेता अमिक शेरचनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार