
काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ ।
अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको जानकारी दिएको छ ।
वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ ।
जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । जसबाट थप यात्रु आकषिर्त गर्न सहयोग पुग्ने समेत निगमले उल्लेख गरेको छ ।
आकासमा छँदा इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै यस्तो प्रणाली जडान गरिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका
काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर