‘व्यवसायी एकजुट हुनुपर्छ’

२२ मंसिर २०६९, शुक्रबार ११:५६ मा प्रकाशित

काठमाडौ, २२ मंसिर । नेपाल निर्माण व्यवसायी महासङ्घले पाँचौँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज प्रभातफेरी निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट निकालिएको सो प्रभातफेरीको शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले शुभारम्भ गर्दै मुलुकको विभित्र पूर्वाधार संरचना निर्माणका क्षेत्रमा निर्माण व्यवसायीलाई एकजुट भई अघि बढ्न आग्रह गरे । महासङ्घका अध्यक्ष जयराम लामिछानेले सो व्यवसायलाई मर्यादित र पारदर्शी बनाएर उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
‘पूर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौँ सर्वपक्ष जिम्मेवार’ भत्रे मूल नाराका साथ मनाउन लागिएको सो दिवसमा आज रक्तदान, सम्मानलगायत विविध कार्यक्रम आयोजना गरिएको छ । विशेष बाजागाजासहित साँस्कृतिक झाँकीसमेत निकालिएको सो प्रभातफेरी थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवालयमा पुगी समापन गरिएको थियो ।
नेपालमा १७ हजार चार सय निर्माण व्यवसायी र तिनमा करिब १८ लाख आश्रित रहेको तथा नेपालका निर्माण व्यवसायीबाट प्रशिक्षित भई बिदेसिएका निर्माण व्यवसायी र मजदुर २७ लाख रहेको  बताइएको छ । कृषिपछि निर्माण व्यवसायले कुल गार्हस्थ उत्पादनमा बढी योगदान (११ प्रतिशत) दिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार