भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत

२० बैशाख २०७९, मंगलवार १३:२० मा प्रकाशित

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन पहल गरेको बताइएको छ ।

यसअघि एमालेमा संलग्न रहे पनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भएको बताउँदै पार्टीले उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप