गेसपेपर बन्द नगर्न भन्दै व्यवसायी मन्त्रीको सरणमा

२२ मंसिर २०६९, शुक्रबार ११:३५ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । गेसपेपर प्रयोगमा तत्काललाई प्रतिबन्ध नलगाउन माग गर्दै व्यवसायहीहरु मन्त्रीको सरणमा परेका छन् । उनीहरुले तत्काल निर्णय लागू गर्दा करोडौँ लगानी डुब्ने भएकाले चैत मसान्तसम्म प्रतिबन्ध नलगाउन माग गर्दै उनीहरूले बिहीबार शिक्षामन्त्री दीनानाथ शर्मालाई ज्ञापनपत्र बुझाएर सरणमा परेका हुन् ।
शिक्षा मन्त्रालयले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गरी कक्षा १२ सम्म गेसपेपर प्रयोगमा प्रतिबन्ध लगाएको थियो । विद्यार्थीमा पुस्तक पढ्ने बानी हराउँदै गएकाले सिर्जनशीलतामा कमी आएको निष्कर्ष निकाल्दै मन्त्रालयले गेसपेपर प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
नेपाल पुस्तक व्यवसायी महासंघका महसचिव नवनिधि पन्तले गेसपेपर प्रतिबन्धको निर्णय तत्काल लागू गर्दा करोडौँ लगानी डुब्ने बताए । ‘हामीले गेसपेपर खरिद गरिसकेका छौँ,’ महासचिव पन्तले भने, ‘तत्काल प्रतिबन्ध लगाउँदा करोडौं रकम डुब्छ ।’ पन्तका अनुसार अहिले व्यवसायीले झन्डै ८ करोड रुपियाँबराबरको गेसपेपर खरिद गरिसकेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले गेसपेपर प्रतिबन्धका विषयमा छलफल गरेर मात्र स्पष्ट जवाफ दिन सकिने बताएका थिए । व्यवसायीको मागलाई सकारात्मक भएको टिप्पणी गर्दै उनले यसबारे आवश्यक छलफल गरिने आश्वासन दिए ।
गेसपेपर प्रयोगमा प्रतिबन्ध लगाइएको सूचना मन्त्रालयले चाँडै प्रकाशन गरी बिक्रीमा रोक लगाउने तयारी गरेपछि व्यवसायीहरू अत्तालिएका हुन् । शिक्षासचिव सुरेशमान श्रेष्ठले गेसपेपरको प्रतिबन्ध तत्काल लागू गरिने स्पष्ट पारे । केही दिनभित्र अनुगमन समिति बनाई बजारमा रहेका गेसपेपर जफत गर्ने तयारी रहेको सचिव श्रेष्ठले जानकारी दिए । ‘गेसपेपरमाथिको प्रतिबन्ध तत्काल लागू हुन्छ,’ उनले भने, ‘कसैले भनेर एक दिन पनि रोकिँदैन ।’
मन्त्रालयले पढाइ र बिक्रीका लागि गेसपेपरमा प्रतिबन्ध लगाए पनि गाइडलाई भने प्रतिबन्ध गरिएको छैन ।
महासंघ महासचिव पन्तले आफूहरू पनि गेसपेपर प्रतिबन्धको स्वागत गरेको प्रतिक्रिया दिँदै चार महिनाका लागि मात्र खुला राख्न अनुरोध गरिएको बताए । ‘हाम्रो पनि एजेन्डा गेसपेपर बन्द गराउने हो,’ उनले भने, ‘तर हामीलाई नसोधी एक्कासि प्रतिबन्ध गरियो ।’ व्यवसायीले अहिलेसम्ममा सबैभन्दा बढी एसएलसीको गेसपेपर खरिद गरिसकेका छन् । ‘विद्यार्थीलाई चाहिने गेसपेपर खरिद गरिसक्यौँ,’ उनले भने, ‘तर त्यो प्रकाशकले फिर्ता लिँदैन । त्यसैले किनेकोचाहिँ बेच्न पाउनुपर्छ ।’
उनका अनुसार पुस्तकभन्दा ५० प्रतिशत बढी गेसपेपर बिक्री हुन्छ । वार्षिक २५ करोड बराबरको गेसपेपर बिक्री हुने गरेको छ । बजारमा निमा, एनबिडी, कडरिया, अक्सफोर्ड, इएमसी, केपी पुस्तक भण्डार, शनलगायत १५ प्रकारका प्रकाशनगृहका कक्षा ९ देखि स्नातकोत्तर तहसम्मका गेसपेपर पाइन्छन् । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका अध्यक्ष डा। बाबुराम पोखरेल विद्यार्थी अध्ययनमुखी नभएर परीक्षामुखी भएकाले तत्काल गेसपेपर बन्द गर्नुपर्ने बताउँछन् । ‘गेसपेपरले गर्दा विद्यार्थीमा पढ्ने बानी हराएको छ,’ अध्यक्ष पोखरेल भन्छन्, ‘लगानीको हिसाबले राम्रो भए पनि अहिलेदेखि नै बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार