‘मुसा’को अचार खान जाँदै प्रधानमन्त्री भट्टराई

२२ मंसिर २०६९, शुक्रबार ११:२७ मा प्रकाशित

काठमाडौ, २२ मंसिर । प्रत्येक महिनाको अन्तिममा शुक्रबार जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई कैलाली जाँदै छन् ।
कैलालीको टीकापुर नगरपालीका विजयनगरमा रहेका मुक्त कमैयाको बस्तिमा बास बस्न प्रधानमन्त्री भट्टराई आज दिउँसो कैलाली जाने कार्यक्रम रहेको छ । कैलाली पुगेपछि उनले स्थानिय प्रशासन, सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिने कार्यक्रम तय गरेका छन् ।
बेलुका टीकापुरको विजयनगरमा रहेको बाबुराम चौधरीको घरमा बास बस्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ । प्रधानमन्त्री आफ्नो गाउँमा आउने जानकारी पाएपछि मुक्तकमैया बस्तिमा तयारी तिब्र पारिएको छ । थारु संस्कृति अनुसार आफुहरुले खाने गरेको घोँघी, शंखेकिरा, मुसा आदिको तरकारी, चटनी खुवाउने स्थानियको तयारी छ । प्रधानमन्त्री भट्टराई भोलि बिहान सम्म थारु बस्तिमा रहने र भोलि नै काठमाडौ आउने प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
यसबैची उता प्रधानमन्त्री भट्टराईको सुरक्षाका लागि कैलालीमा १७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ९ सय सशस्त्र प्रहरीका ६ सय र २ सय जना नेपाली सेना परिचालन गरिएको हो ।  प्रधानमन्त्री आउने गेटा विमानस्थलबाट धनगढीमा महोत्सवस्थलसम्मको ८ किलोमिटर र महोत्सवस्थलबाट टीकापुर नगरपालिका ८ को विजयनगर मुक्तकमैया शिविरसम्म सुरक्षा ब्यवस्था कडा पारिएको छ । विपक्षी दलसंवद्ध युवा संगठनले प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाउने चर्चा चलेपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार