तान्चोककोट पैगिलामाको साधारणसभा सम्पन्न

२२ मंसिर २०६९, शुक्रबार १०:५७ मा प्रकाशित

पोखरा । तान्चोक कोटगाउं मुलघर भई हाल मुलुकका बिभिन्न स्थानका साथै बिदेशमा समेत छरिएर रहेको तोजों नौजे पैगिलामा परिवारको १९ औ साधारणसभा बिहिबार सम्पन्न भएको छ ।
साधारणसभाले तान्चोककोट गाउंमा रहेका कोट,मठ मन्दिर, संरक्षणका साथै ग्रामिण सडक बिस्तार, खानेपानीको योजना, जिर्ण बन्दै गएको तान्चोककोट गाउंको संरक्षण गर्नका लागी सकृय भएर आआफनो स्थानबाट लाग्ने निर्णय गरेको छ । त्यसैगरि तमु जातिको महान चाडको रुपमा लिइएको ल्होछार पर्बका अबसरमा आगामी पौष २१ गते तमु धिं नेपालको नयांबजार स्थित भवनमा शुभकामना आदान प्रदानका साथै स्योकैं ९ भोज० कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ ।
तान्चोक नौजे पैगिलामा परिवारका अध्यक्ष सु दम बहादुर तमुको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष क्या रचे बहादुर तमुले आर्थिक प्रतिबेदन र सचिब राज बहादुर गुरुङ्गले सचिबको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
तान्चोककोट कान्छी बराह मन्दिर संरक्षण समितीका अध्यक्ष पदम बहादुर तमुले परापुर्बकालदेखी मनाउंदै आएको तान्चोककोटका साथै मठ मन्दिरको प्रतिबेदन समेत पेश गरिएको थियो ।
परिवारका सल्लाहकार पुर्ब जिपंस धिर बहादुर तमुले उदघाटन गर्नुभएको
साधारणसभामा पुर्ब अध्यक्षहरु क्याप्टेन जय बहादुर तमु, इमानसिं तमु, भमर तमु ,त्यसैगरि बिधान समितीका संयोजक पदम बहादुर तमु, पुथीलाल तमु, मेजर रामध्वज तमु, सु जगनध्वज तमु, लगायतले नौजे पैगिलामाहरुको अबस्था र भाबी दिनमा समाजले खेल्नुपर्ने भुमिकाका बारेमा आआफनो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन