स्वतन्त्रता र मान्छे (सिमान्त लामिछाने)

११ चैत्र २०६८, शनिबार १७:१६ मा प्रकाशित

स्वतन्त्रता र मान्छे

जब म बाधिन्छु आफ्नै सपनाले
आफ्नै चाहनाले
कसरि म आफुलाई स्वतन्त्र भनुँ
सोचाईहरुमा हाबी भएर जब तिम्रो माया आउँछ
पन्छी जस्तै म कसरि उड्न सक्छु र
जब बाटोहरु पहिलेनै निर्धारण गरिन्छन्
कसरि म आफ्नो गोरेटो छिचोल्न सक्छु
अनि
म स्वतन्त्र कसरि हुन्छु
स्वतन्त्रता त त्यहाँ फुल्छ जहाँ कुनै छेक बार हुदैन
तर यहाँ त म जता ततै काँडे तारहरु मात्र देख्छु
तिखा तिखा
जसको घोचाईले आहत बनाऊँछन् जीवनपर्यन्त
ति घाऊहरुको नत केहि उपचार गर्न सकिन्छ
नत काटेरै फाल्न सकिन्छ
अनि कसरि भनु म आफुलाई स्वतन्त्र
सफलता र विफलताको यो सीमारेखा
ठिक र बेठिक भनिएका यी घेराहरु
सुख र दुखका यी अनुभूतिहरु
सबै मलाई कैदी बनाउन सफल छन्
यी छेकबार बाट मुक्त हुन नसक्ने
म असक्त प्राणी हुँ
उपचारको कुनै भेउ नपाएको एउटा रुग्ण बिमारी
युगौं युग देखि छत्पतीरहेको
एउटा बिमारी
त्यसैले त म एउटा मान्छे हुँ

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो