सहमतिका लागि पुनः छ दिन म्याद थप

२२ मंसिर २०६९, शुक्रबार १०:४५ मा प्रकाशित

काठमाडौ, २२ मंसिर । राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भन्दै फेरि ६ दिनको म्याद थप गरेका छन् । प्रमुख चार दलको आग्रहमा राष्ट्रपति यादवले तेस्रो पटक छ दिनका लागि म्याद थपेका हुन् ।
चार दलको प्रतिनिधित्व गर्दै आज बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेका थिए । बिहीबार चार दलबीच म्याद थपका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भए बमोजिम दाहालले म्याद थपको आग्रह गरेको बुझिएको छ । दाहालले चार दलको निर्णय बारे राष्ट्रपति यादवलाई जानकारी गराएका थिए ।  दोस्रो पटक थपिएको ७ दिनको समयमा पनि दलहरुबीच सहमति नजुटेपछि म्याद थपका लागि आग्रह गरिएको हो । राष्ट्रपति यादवले सहमतीय सरकार निर्माणका लागि मसिंर ८ गते पहिलो पटक ७ दिनको म्याद दिएका थिए । सत्तापक्ष र विपक्ष आ(आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार