इजिप्टका लागि नेपाली राजदूत तबदारको कायरोमा निधन

२२ मंसिर २०६९, शुक्रबार ०९:०७ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको इजिप्टको राजधानी कायरोमा बिहिबार निधन भएको छ । हृदयघातबाट ६७ वर्षिय राजदूत तबदारको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहान उठेर बाथरुम छिरेलगत्तै छाती दुखेको भन्दै राजदूत तबदार बाहिर निस्किएका र अस्पताल लैजाने क्रममा मृत्यु भएको इजिप्टस्थित नेपाली दूतावासका सहचारी प्रेमप्रसाद बराललाई उद्धृत गर्दै परराष्ट्रले जनाएको छ । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला २०६६ कात्तिकमा तबदारलाई इजिप्टका लागि राजदूत नियुक्त गरिएको थियो । विराटनगर उपमहानगरपालिका ५ कञ्चनबारीमा जन्मेका राजदूत तबदार कुनैबेला नेपाली कांग्रेसका तर्फबाट राजनीतिमा सक्रिय थिए । २०४८ सालमा भएको संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ मा कांग्रेसका तर्फबाट विजयी भएका उनी ०६३ सालमा नेपाली कांग्रेस त्यागी मधेरी जनाधिकार फोरम, लोकतान्त्रिकमा प्रवेश गरेका थिए। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार उनका आफन्तसमेत हुन भने उनलाई राजदूत बनाउनमा गच्छदारकै भूमिका रहेको थियो । तबदारको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको र २ दिनमा शव आइपुग्े बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार