दलहरुबीच द्वन्द्व मच्चिने सम्भावना तिब्र, शितल निवासमा छलफलको तयारी

२२ मंसिर २०६९, शुक्रबार ०८:३९ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्नुपर्ने भनी सत्तापक्षले गरेको माग विपक्षीले अस्वीकार गरेपछि राष्ट्रपतिले दिएको दोस्रो समय–सीमाभित्र समेत दलहरुले सहमति जुटाउन सकेनन् । गत साता दलहरुले सहमतिमा पुग्ने भनी आफूलाई विश्वस्त गराएको भन्दै राष्ट्रपतिले दोस्रो पटकका लागि पनि सातदिने म्याद दिएका थिए । तर, पुनः सहमति हुन विफल भएपछि अब के गर्ने भन्नेबारेमा आज शितल निवासमा दलहरुसँग राष्ट्रपतिले छलफल गर्दैछन् ।
अघिल्लो साता दलबलसहित पार्टीका नेताहरु राष्ट्रपतिकहाँ पुगेर म्याद थप्न आग्रह गरेजस्तो दृश्य हिजो बिहिबार समय समाप्त हुँदाको अवस्थामा देखिएन । मुख्य तीन दल र तराईकेन्द्रित दलहरुको बैठक एकैछिन मात्र बसेर टुंगिएको थियो । त्यसपछि बैठकस्थलबाटै समयथप लगायतका विषयमा राष्ट्रपतिसँग छलफल गर्न उनीहरुले समय माग गरेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले उक्त समय आज बिहानका लागि तय गरिएको हो । बुधबारदेखि नै बिग्रिएको दलहरुबीच सहमतिको माहोल बिहिबार पटक्कै सप्रिन सकेन । प्याकेजमा सहमति गर्नुपर्ने भनेर एमाओवादी नेतृत्वले पहिले छोडिसकेको कुरालाई पुनः उठाएको आरोप नेपाली कांग्रेसका एक महामन्त्री प्रकाशमान सिंहले बताए । उनका अनुसार यस्ता अनेक बहाना झिकेर सत्तापक्षीय दलहरु निर्वाचन नगराउने दिशातिर उन्मुख देखिएका छन् ।
विपक्षीहरुका तर्फबाट भन्दै नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा खडा गरेलगत्तै सत्ता गठबन्धनले विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्नुपर्नेसहित प्याकेज सहमतिको माग जोडदार ढंगले उठाउन थालेको छ । यसो नभएसम्म सरकार छाड्न नमिल्ने औपचारिक निर्णय नै सत्ताधारी दलहरुले गरेका छन् । विपक्षीहरुले यसलाई नयाँ बखेडाको संज्ञा दिनुबाहेक केही गर्न सकिरहेका छैनन् । एमाओवादीले भने यसलाई बखेडा खडा गरिएको नभई पहिलेदेखि नै उठाउँदै आएको मुद्दा भनी आफूलाई चोख्याउने जाल गरिरहेको छ । सत्तापक्षले अघिसारेको कथित प्याकेजमा निर्वाचनको मिति तोकिनु पर्ने, क्षेत्र र सदस्य संख्या निर्धारण गरिनुपर्ने तथ संविधानमा आवश्यक संशोधनका विषय समेटिनुपर्ने लगायत रहेका छन् । तर वैशाखमा निर्वाचन गर्नका लागि चाँडोभन्दा चाँडो सहमति भइसक्नुपर्ने भनिएका बेला दिनैपिच्छे नयाँ विषय थप्दा सहमतिभन्दा विमति बढेको विपक्षीहरुको भनाई छ । एमाओवादीले सहज रुपमा सत्ता छाड्ने नभई दिनानुदिन सत्तामा पकड मजबुत तुल्याउने चाल मात्र चलिरहेको ठहरमा पुगेका अधिकांश विपक्षी नेताहरुले चाहिँ अब आन्दोलनको विकल्प नभएको दोहोर्याउन थालेका छन् । यसरी दलहरुबीच पुनः द्वन्द्व चर्कने र त्यसको मार सिंगो देश र जनताले व्यहोर्नुपर्ने अवस्था निम्तिएको अनुभूति चौतर्फी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार